कैलाली प्रिमियर लिगः सुरजको अलराउण्ड प्रदर्शनमा शुक्लाफाँटाको जित « Khabarhub

कैलाली प्रिमियर लिगः सुरजको अलराउण्ड प्रदर्शनमा शुक्लाफाँटाको जित


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font


सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगअन्तर्गत आजको खेलमा शुक्लाफाँटा नगरपालिकाको टोली विजयी भएको छ ।

पुनर्वास ‘ए’लाई छ विकेटले पराजित गर्र्दै शुक्लाफाँटाले पहिलो जित निकालेको हो । पुनर्वास ए ले दिएको एक सय ५५ रनको विजयी लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै भेटायो ।

शुक्लाफाँटाका लागि सुरज तिरुवाको अलराउण्ड प्रदर्शन गरे । उनले बलिङतर्फ दुई विकेट तथा ब्याटिङतर्फ अविजित ५३ रन बनाए । शुक्लाफाँटा नगरपालिकाका लागि निराजन गौतम र अशोक विष्टले आक्रामक इनिङ खेले । गौतमले २४ बलमा ३७ तथा विष्टले १४ बलमा ३१ रन बनाए । त्यस्तै लोकेश जोशीले १३ तथा अशोक धामीले अविजित सात रन बनाए ।

पुनर्वास नगरपालिका ए का लागि पारस शाहीले दुई, निरज ऐर र सन्तोष दियालले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका एले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । पुनर्वासका लागि कप्तान अविनास सिंह र सन्दिप भण्डारीको जोडीले ६८ रनको साझेदारी खेले । भण्डारीले ४२ रन कप्तान सिंहले ३९ रन, पारस शाहीले २८ रन बनाएका थिए भने पारस सुनार १३ रनमा अविजित रहे ।

उसका अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । शुक्लाफाँटाका लागि कैलाश ऐर र निराजन गौतमले समान दुई/दुई तथा सुरज तिरुवा र अशोक धामीले समान एक/एक विकेट लिए ।

कैलाली प्रिमियर लिगको पहिलो संस्करण कैलालीको टीकापुर नगरपालिकाको टिमले र दोस्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तस्रो संस्करणको प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

समूह ए मा गोदावरी नगरपालिका, पुनर्वास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुनर्वास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र पर्शुराम नगरपालिकाको क्रिकेट टिम छन् ।

प्रतियोगिताको विजेता टोलीले रु दुई लाख, उपविजेता टोलीले रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार, बेष्ट बलर र ब्याटरले जनही रु १५ हजार, उदयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ । पहिलो दिन भएको खेलमा गोदावरी नगरपालिकाको टिमले शुक्लाफाँटा नगरपालिकाको टिमलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : ३८ बजे

काठमाडौं महानगरले धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन गर्ने

काठमाडौं– धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको

४१ दलले आयोगमा बुझाए चुनावी घोषणापत्र

काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको

जीवन बदलिने आशामै छन् बोटे समुदाय

मध्यविन्दु– बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा

राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाले जनायो कडा आपत्ति

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले दाङको तुलसीपुरस्थित वीरेन्द्र

राष्ट्र बैंकले ‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म मनाउने

काठमाडौं– बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन