कैलाली प्रिमियर लिगः सुरजको अलराउण्ड प्रदर्शनमा शुक्लाफाँटाको जित « Khabarhub

कैलाली प्रिमियर लिगः सुरजको अलराउण्ड प्रदर्शनमा शुक्लाफाँटाको जित


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font


सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगअन्तर्गत आजको खेलमा शुक्लाफाँटा नगरपालिकाको टोली विजयी भएको छ ।

पुनर्वास ‘ए’लाई छ विकेटले पराजित गर्र्दै शुक्लाफाँटाले पहिलो जित निकालेको हो । पुनर्वास ए ले दिएको एक सय ५५ रनको विजयी लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै भेटायो ।

शुक्लाफाँटाका लागि सुरज तिरुवाको अलराउण्ड प्रदर्शन गरे । उनले बलिङतर्फ दुई विकेट तथा ब्याटिङतर्फ अविजित ५३ रन बनाए । शुक्लाफाँटा नगरपालिकाका लागि निराजन गौतम र अशोक विष्टले आक्रामक इनिङ खेले । गौतमले २४ बलमा ३७ तथा विष्टले १४ बलमा ३१ रन बनाए । त्यस्तै लोकेश जोशीले १३ तथा अशोक धामीले अविजित सात रन बनाए ।

पुनर्वास नगरपालिका ए का लागि पारस शाहीले दुई, निरज ऐर र सन्तोष दियालले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका एले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । पुनर्वासका लागि कप्तान अविनास सिंह र सन्दिप भण्डारीको जोडीले ६८ रनको साझेदारी खेले । भण्डारीले ४२ रन कप्तान सिंहले ३९ रन, पारस शाहीले २८ रन बनाएका थिए भने पारस सुनार १३ रनमा अविजित रहे ।

उसका अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । शुक्लाफाँटाका लागि कैलाश ऐर र निराजन गौतमले समान दुई/दुई तथा सुरज तिरुवा र अशोक धामीले समान एक/एक विकेट लिए ।

कैलाली प्रिमियर लिगको पहिलो संस्करण कैलालीको टीकापुर नगरपालिकाको टिमले र दोस्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तस्रो संस्करणको प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

समूह ए मा गोदावरी नगरपालिका, पुनर्वास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुनर्वास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र पर्शुराम नगरपालिकाको क्रिकेट टिम छन् ।

प्रतियोगिताको विजेता टोलीले रु दुई लाख, उपविजेता टोलीले रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार, बेष्ट बलर र ब्याटरले जनही रु १५ हजार, उदयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ । पहिलो दिन भएको खेलमा गोदावरी नगरपालिकाको टिमले शुक्लाफाँटा नगरपालिकाको टिमलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : ३८ बजे

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग

काठमाडौँ- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन

लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न

भन्सार विभागका १७१ कर्मचारी सरूवा

काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय