यातायात व्यवसायीद्वारा ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने घोषणा « Khabarhub

यातायात व्यवसायीद्वारा ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने घोषणा


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नो केबलकार समूहले चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएपछि ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले ताप्लेजुङमा सवारी साधन सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।

ताप्लेजुङको काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले चालकमाथि कुटपिट गरेको भन्दै संघले बन्दको घोषणा गरेकाे हो ।

नो केबलकार समूहका पक्षधर र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो काफ्ले पार्टी क्षेत्रमा झडप भएको थियो । उक्त झडपमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र आन्दोलनकारी पक्षका केही व्यक्ति घाइते भएका थिए ।

सोहीक्रममा पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाँदै गरेको मे १ ज २५७९ नं. को सवारी साधनमाथि आन्दोलनकारीले आक्रमण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले सांघातिक आक्रमण गरी मे १ ज २५७९ नं= को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुयाउनुको साथै चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदूर संघ घोर भर्त्सना गर्दै यही मिति २०८१ फाल्गुण ९ गते रातको १२ बजेदेखि मेची राजमार्ग, ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरुमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको समेत जानकारी गराउदछौं’ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १० : ५० बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल