यातायात व्यवसायीद्वारा ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने घोषणा « Khabarhub

यातायात व्यवसायीद्वारा ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने घोषणा


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नो केबलकार समूहले चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएपछि ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले ताप्लेजुङमा सवारी साधन सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।

ताप्लेजुङको काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले चालकमाथि कुटपिट गरेको भन्दै संघले बन्दको घोषणा गरेकाे हो ।

नो केबलकार समूहका पक्षधर र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो काफ्ले पार्टी क्षेत्रमा झडप भएको थियो । उक्त झडपमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र आन्दोलनकारी पक्षका केही व्यक्ति घाइते भएका थिए ।

सोहीक्रममा पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाँदै गरेको मे १ ज २५७९ नं. को सवारी साधनमाथि आन्दोलनकारीले आक्रमण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले सांघातिक आक्रमण गरी मे १ ज २५७९ नं= को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुयाउनुको साथै चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदूर संघ घोर भर्त्सना गर्दै यही मिति २०८१ फाल्गुण ९ गते रातको १२ बजेदेखि मेची राजमार्ग, ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरुमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको समेत जानकारी गराउदछौं’ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १० : ५० बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान