सुदूरपश्चिम पृतनाबाट भूपू सैनिक सम्मेलन सुरु | Khabarhub Khabarhub

सुदूरपश्चिम पृतनाबाट भूपू सैनिक सम्मेलन सुरु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनगढी– ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण : पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको गोदावरी नगरपालिकास्थित सुदूरपश्चिम पृतना तेघरी ब्यारेकमा आयोजित विशेष समारोहमा उक्त सम्मेलनको उद्‌घाटन गरे ।

प्रधानसेनापति सिग्देलले सैनिक नेतृत्व सम्हाले पछि पहिलोपटक सुदूरपश्चिम पृतनाबाट भूपू सम्मेलन सुरु भएको हो । सम्मेलनमा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने दुई हजार नौ सय २५ भूपू सैनिक सहभागी छन् ।

आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा पनि एकैसाथ सम्मेलन सुरु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । सुदूरपश्चिमका सात पहाडी जिल्लामा भएको उक्त सम्मेलनमा नौ सय आठ भूपू सैनिकको सहभागिता छ ।

सम्मेलनको उद्‌घाटन सत्रमा भूपू सैनिकबाट मार्चपास, एकल महिलाका तर्फबाट प्लेकार्डसहितको मार्च पास, सुदूरपश्चिमको स्थानीय कला संस्कृति झल्कने झाँकी तथा नाच र सैनिक शारीरिक क्षमता झल्कने पिटी र सैनिक ब्याण्डद्वारा प्रदर्शन गरिएको थियो ।

सम्मेलनका दौरानमा ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्विलचियर/बैसाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरियो । नेपाली सेनामा चार जनाभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत अभिभावकलाई सम्मान, सहुलियत पूर्ण कर्जा चेक हस्तान्तरण र प्रधान सेनापति प्रशंसा निसान प्रदान गरियो ।

यस्तै प्रधानसेनापति सिग्देलले सम्मेलनका क्रममा भूपू सैनिक तथा एकल महिलासँग सामूहिक छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ । सेनाले शुक्रबार उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसँगै नेपालगञ्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भूपू सैनिक सम्मेलन गर्दैछ ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा यस्तो सम्मेलन गर्ने चलन रहिआएको छ ।  २०७० साल असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ११ : ५० बजे

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै