पूर्वराजाले भिडियो सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना राखेकोप्रति सांसद खतिवडाको आपत्ति   « Khabarhub

पूर्वराजाले भिडियो सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना राखेकोप्रति सांसद खतिवडाको आपत्ति  


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो सन्देशमा उल्लेख भएको शब्द ‘श्री ५ महाराजाधिराज’ र प्रयोग भएको ‘शाही निशाना’ झन्डा प्रति आपत्ति जनाएका छन् ।
 
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले पूर्वराजाले ‘समय आएको’ भन्दै गत फागुन ६ गते जारी गरेको भिडियोमा उल्लेख भएको शब्द र प्रयोग भएको झण्डाप्रति आपत्ति जनाएका हुन् ।  

‘संविधान विपरीत गरिएका कामप्रति सरकारको ध्यान आकृष्ट होस् भन्ने माग गर्न चाहन्छु । पूर्व राजा ज्ञानेन्द्रले भर्खरै फागुन ६ गते श्री ५ महाराजाधिराज भनेर उल्लेख गरेको र शाही निशाना’ प्रयोग गरेको देखियो,’ खतिवडाले भने, ‘यो शाही निशाना २०६५ साल जेठ १७ गते हटाइएर त्यहाँ राष्ट्रिय झन्डा राखिएको थियो । नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजाधिराज भन्ने उल्लेख छैन । त्यसैले यस्तो सन्देश श्री ५ महाराजाधिराज भनेर राख्ने र शाही निशाना झन्डा राख्ने प्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गर्न चाहन्छु ।’

उनले २०६५ साल जेठ १६ गतेका दिन ‘शाही निशाना’को झन्डा राजदरबारबाट हटाएर राष्ट्रिय झन्डा फहराइएको पनि सदनमा स्मरण गरे । ‘त्यो झण्डालाई अपमान गरेर शाही निशाना फेरि प्रयोग गरिएको छ । यो संविधान कसले मान्ने हो, कसले नमान्ने हो, कुन वर्गलाई मान्न लगाउने हो, कुन वर्गलाई मान्न नलगाउने हो सरकारको ध्यान आकृष्ट होस्,’ सांसद खतिवडाले भने, ‘त्यो कार्य बन्द गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ३१ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र