सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न « Khabarhub

सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकमा बुधबार राति बरामद विद्युतीय चुरोट (भेप) भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरूङको भएको दाबी सांसदहरूले गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गंगा कार्कीले उक्त दाबी गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाई कीर्तिपुरस्थित १० रोपनी जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकबाट उक्त भेप बरामद भएको दाबी गरेका हुन ।

‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ’, झाले भने, ‘प्रधानमन्त्रीको पार्टी कार्यालय बनाउने दाता भएकाले उनलाई संरक्षण नगरियोस भन्न चाहान्छु ।’

एमालेको पार्टी कार्यालयका जग्गा दाता मीनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएकोबारे अन्य सांसदले पनि कुरा उठाएका छन् । ‘जग्गादाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ?’, सांसद झाले सोधे ।

झाले भेप बरामद भएको ट्रकको नम्बर नै खुलाएर उक्त सामान भाटभटेनीका साहुको भएको जिकिर गरे । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बाह्रबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साहुको भएको खुलेको छ, यसमा छानबिन हुनु पर्छ,’ उनले भने ।

सिन्धुपाल्चोक प्रहरीले बुधबार राति ठूलो परिमाणमा भेप बरामद गरेको थियो । सिन्धुपाल्चोकस्थित चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० गोटा भेप बरामद भएको थियो ।

खुर्सानीबारी अस्थायी प्रहरी पोस्टले गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरेको थियो ।

एक प्रहरी अधिकारीले भने, ‘सिल लगाइएको अवस्थामा साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० गोटा भेप बरामद भएको छ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : २२ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो