सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट « Khabarhub

सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सल्यानमा आगलागीबाट दुईवटा घरगोठ जलेर नष्ट भएका छन् । गएराति कालिमाटी गाउँपालिका- २ खैरीगाँडाका ४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकको घरगोठ आगलागीबाट जलेर नष्ट भएका हुन् ।

आगलागीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेका छन् । केशलालको गोठमा रहेको एक गोरु, ११ खसीबाख्रा, दुई दर्जन बढी कुखुरा पनि जलेर मरेका छन् ।

आगलागीबाट केशलालको तीन लाख र प्रेम बिकको साढे तीन लाख गरी ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

प्रेमको घरभित्र रहेको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : २३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं