सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट « Khabarhub

सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सल्यानमा आगलागीबाट दुईवटा घरगोठ जलेर नष्ट भएका छन् । गएराति कालिमाटी गाउँपालिका- २ खैरीगाँडाका ४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकको घरगोठ आगलागीबाट जलेर नष्ट भएका हुन् ।

आगलागीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेका छन् । केशलालको गोठमा रहेको एक गोरु, ११ खसीबाख्रा, दुई दर्जन बढी कुखुरा पनि जलेर मरेका छन् ।

आगलागीबाट केशलालको तीन लाख र प्रेम बिकको साढे तीन लाख गरी ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

प्रेमको घरभित्र रहेको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : २३ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र