राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको तयारी पूरा, प्रतिनिधिहरू काठमाडौं आउँदै « Khabarhub

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको तयारी पूरा, प्रतिनिधिहरू काठमाडौं आउँदै


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय महाधिवेशनको सबै तयारी पूरा भएको छ। यही चैत्र ८ र ९ गते काठमाडौंमा संघको प्रथम केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघका सभापति प्रकाश पन्तले महाधिवेशनको सबै तयारी पूरा भएको र देशभरबाट प्रतिनिधि आउनेक्रम जारी रहेको जानकारी दिए।

महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्‌घाटन गर्ने छन्। अध्यक्ष पन्तका अनुसार महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन्।

महाधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक माधव चौलागाईंका अनुसार ७७ वटै जिल्लाबाट गरी एक हजार तीन जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिए। महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन छाक खाना र एक रात वासको प्रबन्ध गरिएको छ।

संघको ७ वटा प्रदेश, ७३ वटा जिल्लाका १६१ संघीय निर्वाचन क्षेत्र ३२२ प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको चौलागाईंले जानकारी दिए। 

अधिवेशनको पहिलो दिन चैत्र ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत केन्द्रीय स्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भातृ तथा शुभेच्छुक संघ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरू लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बीचमा भव्य रूपमा उत्साहजनक वातावरणमा उद्‌घाटन समारोह र बन्दसत्र हुनेछ।

महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिलारखुल्ला) दुई जना, महामन्त्री खुल्ला दुई जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

संघको विधान अनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ भने कोषाध्यक्ष तथा दुई जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उल्लेख छ।

महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो। 

महाधिवेशन सम्पन्न गर्न १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरिएको छ। महाधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १२ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया