महायज्ञका नाममा सिरहामा भत्काइयो दलितको घर, दोषीलाई कारबाही गर्न सांसद् सिंहको माग « Khabarhub

महायज्ञका नाममा सिरहामा भत्काइयो दलितको घर, दोषीलाई कारबाही गर्न सांसद् सिंहको माग


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काउनेलाई कारबाही माग गरेका छन् ।

उक्त घटनामा आपत्ति जनाउँदै सिंहले तत्काल सरकारले दोषीलाई कारबाही गर्न माग गरेका हुन् । दोषीहरूलाई कारबाही नगरे यो सरकार दलितविरोधी रहेछ भन्ने पुष्टि हुने पनि उनले बताए ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर डोजरले भत्काएर परिवारलाई विस्थापित गरिएकोमा आपत्ति जनाए ।

अहिले दलित र महिलामाथि अत्याचारको श्रृंखला बढेको भन्दै उनले सरकारको ध्यानाकार्षण गराए ।

महायज्ञ आयोजक बजरंगी बाबा, औराही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव तीनै जनामाथि कारबाही हुनुपर्ने उनले माग गरे । तीनैजनालाई पक्राउ गरिनुपर्ने उनको माग थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ४५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले