सिरहामा दलितको घर भत्काइएको घटनाप्रति दलित मुक्ति मोर्चाको आपत्ति « Khabarhub

सिरहामा दलितको घर भत्काइएको घटनाप्रति दलित मुक्ति मोर्चाको आपत्ति


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दलित मुक्ति मोर्चाले सिरहाको औरही गाउँपालिकाका दीपक मरिक डोमको घर भत्काइएको घटनाप्रति आपत्ति जनाएको छ ।

मोर्चाले आज एक प्रेस विज्ञप्ति जारी गरी पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही- ५ स्थित सडक किनारमा रहेको छाप्रो महायज्ञका नाममा भत्काइएको भन्दै आपत्ति जनाएको हो ।

उक्त स्थलमा यही चैत १७ गतेदेखि श्री श्री १०८ विष्णु महायज्ञ आयोजनाको नाममा गाउँपालिकाका अध्यक्ष शिवजी यादवको पहलमा जेसीभी लगाएर घर भत्काइएको मोर्चाले उल्लेख गरेको छ ।

महायज्ञ आयोजना गर्ने स्थानमा अछूत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष यादवले घर भत्काउन लगाउँदा पनि सरकार मुकदर्शक बनेको मोर्चाको दाबी छ ।

नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको जनाएको छ ।

मोर्चाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै विस्थापित परिवारको स्थायी र व्यवस्थित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ५२ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६