संसदमा ऊर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग « Khabarhub

संसदमा ऊर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न एकजना प्रतिनिधिसभा सदस्यले माग गरेकी छन् । 

आज संसदको शुन्य समयमा बोल्दै सांसद ज्ञानु बस्नेतले ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जनतालाई आतंकित बनाएको र नेपाल विद्युत प्राधिकरण ध्वस्त बनाउन लागिपरेको भन्दै बर्खास्त गर्न माग गरेकी हुन् ।

‘ऊर्जामन्त्री दीपक खड्काले हालै नेपालमा पुनः लोडसेडिङ हुने र विगतमा लोडसेडिङ नभएको छिमेकी देशको कारणले हो भन्ने अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछु, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि हुँदैन भनिरहेको स्थितिमा जनतालाई आतंकित पार्ने, दलाल र विचौलिया पोस्ने र विस्तारै नाफामा गइरहेको विद्युत प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा स्वयम् ऊर्जामन्त्री नै संलग्न देखिएकोले ऊर्जामन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस भन्ने सभामुख महोदयमार्फत् जोडदार माग गर्दछु’, सांसद बस्नेतले भनिन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्