संसदमा ऊर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग « Khabarhub

संसदमा ऊर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न एकजना प्रतिनिधिसभा सदस्यले माग गरेकी छन् । 

आज संसदको शुन्य समयमा बोल्दै सांसद ज्ञानु बस्नेतले ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जनतालाई आतंकित बनाएको र नेपाल विद्युत प्राधिकरण ध्वस्त बनाउन लागिपरेको भन्दै बर्खास्त गर्न माग गरेकी हुन् ।

‘ऊर्जामन्त्री दीपक खड्काले हालै नेपालमा पुनः लोडसेडिङ हुने र विगतमा लोडसेडिङ नभएको छिमेकी देशको कारणले हो भन्ने अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछु, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि हुँदैन भनिरहेको स्थितिमा जनतालाई आतंकित पार्ने, दलाल र विचौलिया पोस्ने र विस्तारै नाफामा गइरहेको विद्युत प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा स्वयम् ऊर्जामन्त्री नै संलग्न देखिएकोले ऊर्जामन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस भन्ने सभामुख महोदयमार्फत् जोडदार माग गर्दछु’, सांसद बस्नेतले भनिन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १ : १२ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध