एनसेल फाउन्डेसनद्वारा ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण « Khabarhub

एनसेल फाउन्डेसनद्वारा ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरूको वितरण शुरु गरेको छ । 

कार्यक्रममा मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरूमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको हो ।

कम्पनीका अनुसार क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा एनसेलले एनपीएलका खेलमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने मंसिरमा घोषणा गरेको थियो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । 

सोही दिन एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् ।

‘आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुसी छौँ। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसा कलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । 

‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्‍याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउँदै र उनीहरूसँग खुसी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुसी छु,’ क्यानका सचिव पारस खड्काले भने ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : १० बजे

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका