आजका समाचार : कांग्रेसको मतदान भोलि, मृत घोषणा अवधि घटाइयो, चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा « Khabarhub

आजका समाचार : कांग्रेसको मतदान भोलि, मृत घोषणा अवधि घटाइयो, चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित भएको छ ।

बुधबार खुल्लामञ्चमा आयोजित बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव पारित भएको हो ।

साथै बन्दसत्रले गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएको छ । बन्द सत्रबाट राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएसँगै कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय
सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी अवरोधलाई हटाउन कानून संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी अवरोध हटाउने निर्णय गरेको हो ।

भोटेकोशीको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि १२ वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई ४५ दिन बनाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू मनोनीत गर्ने अधिकार दिएको छ। विधानअनुसार सभापतिले चार जना सहमहामन्त्री मनोनीत गर्न पाउने व्यवस्था छ।

त्यस्तै, ६१ जना केन्द्रीय सदस्यसमेत सभापतिले मनोनीत गर्न पाउने प्रावधान रहेको छ। केन्द्रीय सदस्यहरूमध्येबाटै सभापतिले कोषाध्यक्षसमेत चयन गर्ने व्यवस्था विधानमा गरिएको छ। कांग्रेसको यसपटकको महाधिवेशनबाट संगठनको संरचनामा केही थप पदसमेत समावेश भएका छन्। एक जना महिला महामन्त्री, एक जना वरिष्ठ उपसभापति र एक जना उपसभापतिको पद थपिएको छ।

त्यसैगरी, सहमहामन्त्रीका पदमा पनि केही थप व्यवस्था गरिएको छ। महाधिवेशनबाट निर्वाचित पदाधिकारीबाहेक विधानले दिएको अधिकारअनुसार सभापतिले विभिन्न पदमा नेताहरूलाई मनोनीत गर्नेछन्।

यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तारमा सभापतिको भूमिका महत्वपूर्ण हुने भएको छ। विशेषगरी मनोनीत हुने केन्द्रीय सदस्य, सहमहामन्त्री र कोषाध्यक्ष चयनमा सभापतिको निर्णय निर्णायक हुनेछ।

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई दिएका छन् ।

लामिछानेले बुधबार सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको बताएका छन् ।

‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ लामिछानेले उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच दीर्घकालीन सम्बन्ध रहेको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। हमलामा आवासीय भवनसहित नागरिक संरचनामा क्षति पुगेको छ भने कैयौँ घाइते भएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही समयपछि बुधबार बिहान हमला भएको हो।

चेर्निहिभ क्षेत्रको प्रिलुकी सहरमा मिसाइल आवासीय भवनमा प्रहार हुँदा कम्तीमा चार जनाको मृत्यु भएको र तीन बालबालिकासहित २० जना घाइते भएको राज्य आपतकालीन सेवाले जनाएको छ।

राजधानी किएभमा ब्यालिस्टिक मिसाइलबाट भएको हमलामा दुई जनाको मृत्यु भएको नगर सैन्य प्रशासनले जनाएको छ। पोडिल्स्की जिल्लाको गैरआवासीय भवन र डार्नित्स्की जिल्लाको ग्यारेज परिसरमा आगलागी भएको तथा अन्य क्षेत्रमा भग्नावशेष खसेको प्रशासनले जनाएको छ।

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस






























प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ५३ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ