प्रिमियरमा जस्तै दर्शकले पनि फिल्म रुचाउनेमा ‘११:५५’का कलाकार आशावादी (तस्बिरहरु) « Khabarhub

प्रिमियरमा जस्तै दर्शकले पनि फिल्म रुचाउनेमा ‘११:५५’का कलाकार आशावादी (तस्बिरहरु)


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११:५५’को बुधबार साँझ रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । कमलपोखरीस्थित एक हलमा आयोजना गरिएको प्रिमियरमा कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रिमियरमा पूर्वमिस नेपाल तथा नायिका मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु) लगायत प्रिमियरमा पुगेका थिए ।

‘११:५५’का कलाकार नायिका सृष्टि श्रेष्ठ, महेश श्रेष्ठ र नायिका करिश्मा श्रेष्ठ प्रिमियरको मुख्य आकर्षण बनेका थिए ।

मलिना जोशीले ‘११:५५’ नेपालमा निर्माण भएको उत्कृष्ट क्राइम थ्रिलर फिल्म रहेको प्रतिक्रिया दिइन् । उनले अभिनयमार्फत फिल्मकी नायिका सृष्टिले मन जितेको सुनाइन् ।

यो फिल्मको छायाङ्कन एउटा घर भित्र मात्रै गरिएको छ । निर्देशक सुवर्ण थापाले फिल्मको यही पक्ष मन परेको बताए ।

निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै नायक महेश त्रिपाठीको अभिनय उत्कृष्ट लागेको बताए ।

उनले भन‍े, ‘निर्देशक र अन्य कलाकारको पनि काम राम्रो छ । महेशको अभिनयबाट म बढी प्रभावित भएँ ।’

फिल्मका कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यू अभिनेता सागर खनालले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको दाबी गरे ।

उनीहरुको भने, ‘प्रिमियरमा जस्तै दर्शकले फिल्म पनि मन पराउनेमा आशावादी छु ।’

यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका केशव पाण्डे भने आफूले चाहेको कथा पर्दामा उतार्न सफल भएको बताए । पाण्डेले एमएस अग्रज र शेखर ज्ञवाली मिलेर फिल्म लेखेका हुन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : १० बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको