राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा « Khabarhub

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक संघको केन्द्रीय अध्यक्षमा माधव प्रसाद चम्लागाईंले उम्मेदवारी घोषणा गरेका छन्।

नेपालको संविधान र कांग्रेसको विधानमा अपाङ्गता भएका ब्यक्तिहरूको राजनीतिक अधिकार स्थापित गराउन निरन्तर खट्दै आएको बताउँदै चम्लागाईंले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताए।

चम्लागाईंको समुहबाट उपाध्यक्षमा उदयबहादुर लिम्बु र महामन्त्री पदमा गणेशबहादुर खत्रीको उम्मेदवारी घोषणा भएको छ।

चम्लागाईसहित वर्तमान अध्यक्ष प्रकाश पन्तले पनि उम्मेदवारी दिने तयारी गरेका छन्। तर सर्वसम्मत भएको अवस्थामा भने पन्तले छाड्ने बताइएको छ।

यस्तै अध्यक्ष पदमा विकास थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन। उनले उम्मेदवारी घोषणा गरिसकेका छैनन्। संघका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने बताए। 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चैत ८ र ९ गते प्रथम केन्द्रीय महाधिवेशन नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा हुन गइरहेको छ। महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन्।

महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिलारखुल्ला) दुई जना, महामन्त्री खुल्ला दुई जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी धुइर जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित हुनेछन।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  २ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया