प्रधानमन्त्रीले भने- तल्लो बाटोबाट अमेरिका पुगेर निष्कासित हुनु राम्रो होइन « Khabarhub

प्रधानमन्त्रीले भने- तल्लो बाटोबाट अमेरिका पुगेर निष्कासित हुनु राम्रो होइन


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशिने नाममा गलत बाटो रोज्‍नु राम्रो नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले नेकपा एमालेकी सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिने क्रमा यस्तो बताएका हुन् ।

‘ठूलो संख्यमा बाहिर जाने भन्ने प्रश्न छ, खेत छ उत्पादन गर्न छाडेर बाहिर जानु, तल्लो बाटो भएर अमेरिका जानु र निष्कासित भएर आउनु उचित होइन’, उनले भने, ‘चेतनाको कमी छ, चेतना वृद्धि गर्न जरुरी छ । केही पनि भएन भन्ने भाष्य बनाउन खोजिएको छ, त्यसले कलिलो मस्तिष्कमा निराशा भाव फैलिएको छ ।’

ओलीले अहिले संसार ‘ग्लोबल भिलेज’ बनेको बताउँदै व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला विश्वव्यापी रुपमा देखिएको बताए ।

‘देशबाट युवा बाहिरिएको कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु हुँदैन । व्यक्तिगत रुपमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ’, उनले भने, ‘हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज अनेक विकल्प छन् । संसारको जुनसुकै कुनामा जान सक्ने छनौटको लाभ हाम्रा युवाले पनि लिएका छन् ।’

उनले युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा सरकारले काम गरिरहेको पनि बताए । मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्ने काममा सरकार लागेको उनले बताए ।

ओलीले आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत् व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका साथै व्यवसायमैत्री कानुन बनाइएको पनि जिकिर गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : १७ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।