१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात « Khabarhub

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको भएको छ । यस्तो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा ११ प्रतिशत वृद्धि, निर्यातमा ५७ प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा ११.०२ प्रतिशतले आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि ६.२२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म यस्तो घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबर पुगेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : ०२ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।