सोयाबिनको कृत्रिम निर्यातको तथ्यांकले बढाइदियो निर्यातको ग्राफ « Khabarhub

सोयाबिनको कृत्रिम निर्यातको तथ्यांकले बढाइदियो निर्यातको ग्राफ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यातमा ५७.२० प्रतिशतले वृद्धि भएको छ । 

गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा भने निर्यात वृद्धि भएर १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबर पुगेको छ ।

तर, नेपालको निर्यात वृद्धि भएको तथ्यांक देखाउने ठूलो हिस्सा सबैभन्दा धेरै सोयाबिन तेल र सो सँग सम्बन्धित पदार्थ रहेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट ७ अर्ब ९४ करोड ७१ लाख ५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको देखिन्छ । 

जबकी सोही अवधिमा नेपालमा ५१ अर्ब ८ लाख ३१ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ ।

सोयाबिन तेलको कच्चा पदार्थ आयात गरेर आंशिक वा पुरै प्रशोधन पश्चात नेपालबाट फेरि सोयाबिन तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसको परिमाणले नै नेपालको कुल निर्यातमा सबैभन्दा धेरै हिस्सा ओगटेको छ ।

त्यस्तै, नेपालको निर्यातमा अर्को ठूलो हिस्सा सूर्यमुखी तेलको रहेको देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा २० अर्ब ४८ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ र दाना आयात भएको थियो ।

जबकी सोही अवधिमा नेपालबाट ७ अर्ब ९८ करोड २३ लाख ५२ हजार रुपैयाँको सूर्यमुखी तेलको निर्यात भएको छ । सूर्यमुखी तेलको कच्चापदार्थको आयातको तुलनामा निर्यात दुई तिहाइले कम भएको विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : २९ बजे

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन