प्रविधिको द्रुत विकासलाई पछ्याउन नसके पछि परिन्छ : परराष्ट्रमन्त्री « Khabarhub

प्रविधिको द्रुत विकासलाई पछ्याउन नसके पछि परिन्छ : परराष्ट्रमन्त्री


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान युगमा भइरहेको डिजिटल प्रविधिको द्रुत विकासको गतिलाई पछ्याउन सक्नुपर्ने बताएकी छन् । 

भारतको नयाँ दिल्लीमा जारी ‘राइसिना डायलग’ अन्तर्गत बिहीबार आयोजित  डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक सत्रलाई सम्बोधन गर्दै उनले प्रविधिको विकासको द्रुत गतिलाई पछ्याउन नसके पछि परिने बताइन् । 

‘अब प्रविधिको विकासको द्रुत गतिलाई पछ्याउन नसके पछि परिन्छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नेपाल पनि प्रविधिसँगै यसले दिने अवस्यंभावी रूपान्तरणका लागि तम्तयार छ ।’

नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलाई प्रबर्द्धन गर्न प्रतिबद्ध रहेको भन्दै उनले समावेशी तथा रूपान्तरणकारी डिजिटल पूर्वाधार निर्माणमा नेपाल लाग्ने पनि बताइन् ।  

‘सबैका लागि लाभदायक सुरक्षित र समावेशी डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ मन्त्री राणाले भनिन्, ‘जसले व्यक्तिगत तथा सामाजिक स्तरमा देखिने जोखिमहरूलाई न्यूनीकरण गर्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्न र विश्वभर समानता कायम राख्न सहयोग गर्दछ ।’

उनले नेपालले पनि डिजिटल यात्राको योजना बनाएको र नेपालमा सार्वजनिक सेवाहरूको डिजिटल डेलिभरीमा सुधार भइरहेको जानकारी दिइन् । स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक सेवा वितरणमा पहुँचलाई व्यवस्थित गरेर सुशासनलाई स्थापित गर्न सघाउनेगरी नेपालले विद्युतीय सुशासनका कार्यक्रम सञ्चालन गरिरहेको मन्त्री राणाले बताइन् ।  

‘नेपालको विद्युतीय बैँकिङ भुक्तानी प्रणाली, नागरिकहरूमा मोबाइललगायत सञ्चार सेवामा पहुँचजस्ता उदाहरण हामीसँग छन्,’ मन्त्री राणले भनिन्, ‘त्यसैले मलाई लाग्छ यी प्रविधिका प्रणालीहरू केवल डिजिटल उपकरणहरू मात्र होइनन् कि सामाजिक न्यायका उपकरण पनि हुन् । जसले समृद्धितर्फको यात्रामा कसैलाई पनि पछाडि नपार्ने सुनिश्चितता गर्दछ ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : २८ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास