दलित परिवारलाई उठीबास लगाउने घटनाले तात्यो मधेस प्रदेशसभा, विभेद गर्नेलाई कारबाहीको माग « Khabarhub

दलित परिवारलाई उठीबास लगाउने घटनाले तात्यो मधेस प्रदेशसभा, विभेद गर्नेलाई कारबाहीको माग


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएको भन्दै मधेश प्रदेशसभाका सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरूले यस घटनामा संलग्न रहेका जो सुकैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । 

मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारको उठीबास गरिएकामा प्रदेश सांसदहरूले निन्दनीय भन्दै भर्त्सना गरेका छन् ।

शून्य समयमा बोल्दै प्रदेश सांसद निलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीबास लगाउनेलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘यज्ञका नाममा दलित परिवारमाथि अन्याय भएको छ,’ रजकले भनिन्, ‘उठीबास गराउनेलाई कानुनबमोजिम कारबाहीको माग गर्छु ।’

एमालेका सांसद लखन दास तत्माले मधेश प्रदेशमा दलितमाथि नै पटक पटक ज्यादती हुँदा पनि सरकार मौन बसेको आरोप लगाए । ‘३० वर्षदेखि परिवारसहित बसोबास गरिरहेका मलिक परिवारलाई उठीबास गराउनु अमानवीय काम भएको छ,’ सांसद तत्माले भने, ‘छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाही हुनुपर्छ ।’

माओवादी सांसद मालाकुमारी कर्णले औरही गाउँपालिकाका अध्यक्षलगायत केही व्यक्तिले महायज्ञका नाममा मलिक परिवारको उठीबास लगाउनु अमानवीय भन्दै दुःख व्यक्त गरिन् । ‘सधैँ दलितमाथि अत्याचार हुँदै आएको छ,’ उनले भनिन्, ‘मलिक परिवारको घरबासको तुरुन्त बन्दोबस्त गर्नुपर्छ । दोषीमाथि कारबाही हुनुपर्छ ।’ 

एमालेका सांसद रोजेन्द्र चौधरीले रिंकु सदाको घटना सेलाउन नपाउँदै सिरहामै दलितको घर उजाड पारिएकामा आपत्ति जनाइन् । ‘मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्छु,’ उनले भने, ‘छानबिन गरी कडा कानुनी उपचार हुनुपर्छ । क्रमबद्ध भइरहेको घटना रोक्न प्रदेश सरकारले कदम चाल्नुपर्छ।’

महायज्ञको मण्डप नजिक दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले मालिकको घर भत्काउन आदेश दिएका थिए । गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवले जेसीबी लगाएर दीपक मालिकको घर भत्काएका थिए । 

बुधबार पीडित दीपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मलिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : ३१ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र