तेह्र वर्षीय वैभव सूर्यवंशी- जसले अस्ट्रेलियाविरुद्ध शतक बनाए, अब राजस्थानबाट आईपीएल खेल्दैछन् « Khabarhub

तेह्र वर्षीय वैभव सूर्यवंशी- जसले अस्ट्रेलियाविरुद्ध शतक बनाए, अब राजस्थानबाट आईपीएल खेल्दैछन्


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

बिहारको एक सानो गाउँका १३ वर्षीय वैभव सूर्यवंशीको नाम यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को ‘अक्सन’का क्रममा चर्चामा थियो ।

उनी नयाँ सिजनको आईपीएलका लागि खरिद भएका खेलाडीहरूमध्ये सबैभन्दा कान्छा हुन् ।

यही कारण आईपीएलको यो संस्करणमा सबैको नजर वैभवमाथि छ । उनी राजस्थान रोयल्सबाट खेल्ने छन् ।

वैभवलाई १ करोड १० लाख भारू दिँदै राजस्थान रोयल्सले आफ्नो टीममा समावेश गरेको छ ।

आईपीएल–२०२५ को ‘अक्सन’भन्दा अघि राजस्थानले वैभवलाई नागपुरमा ‘ट्रायल’का लागि बोलाएको थियो । नागपुरमा ‘किशोर’ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

वैभावका बुवा सञ्जीवले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा भनेका छन्, ‘राजस्थान रोयल्सले उसलाई नागपुरमा ट्रायलमा बोलाएको थियो । विक्रम राठौर सर (ब्याट्सम्यान कोच)ले वैभावलाई एक म्याच खेलाए । उनलाई एक ओभरमा १७ रन बनाउन भनिएको थियो । छोराले तीन छक्का हान्यो । ट्रायलमा उसले जम्मा आठ छक्का र चार चौका हान्यो ।’

बीबीसीको हिन्दी अनलाइन संस्करणले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै लेखेको छ– विगतमा सञ्जीव सूर्यवंशीले आफ्ना छोराको क्रिकेट खेल्ने चाहना पूरा गर्न जमिन बेचेका थिए ।

वैभवका बुवाले आफ्ना अप्ठ्यारा दिन सम्झिँदै पीटीआईसँग भनेका छन्, ‘मेरो छोराले कडा मिहिनेत गरेको छ । आठ वर्षमै उसले अन्डर सिक्स्टिन डिस्ट्रिक्ट ट्रायलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । म उसलाई क्रिकेट ट्रेनिङका लागि घरबाट समस्तीपुर लैजाने गर्थेँ ।’

टाइम्स अफ इन्डियाका अनुसार वैभव चार वर्षका हुँदा बुवा सञ्जीवले प्लास्टिकको बलसँग खेलिरहेका देखेका थिए । छोराको क्रिकेटप्रतिको लगाव देखेर सञ्जीवले घरपछाडि सानो खेल मैदान बनाएका थिए । त्यहीँ वैभव क्रिकेटको अभ्यास गर्थे ।

सेप्टेम्बर २०२४ मा वैभावले अस्ट्रेलिया अन्डर १९ विरुद्धको खेलमा इन्डिया अन्डर १९ का लागि टेस्ट खेलमा ‘डेब्यू’ गरेका थिए ।

‘डेब्यू’ खेलमा ५८ बल खेल्दै उनले शतक बनाएका थिएन । जुन अन्डर १९ टेस्टमा भारतीय खेलाडीले पूरा गरेको अहिलेसम्मकै सबैभन्दा तीव्र शतक हो ।

यसका साथै वैभावले २०२४ एसीसी अन्डर १९ एशिया कपमा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले यूएईविरुद्ध ४६ बलमा ७६ रन बनाएका थिए । वैभावले सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३६ बलमा ६७ रन जोडेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : १० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका