तेह्र वर्षीय वैभव सूर्यवंशी- जसले अस्ट्रेलियाविरुद्ध शतक बनाए, अब राजस्थानबाट आईपीएल खेल्दैछन् « Khabarhub

तेह्र वर्षीय वैभव सूर्यवंशी- जसले अस्ट्रेलियाविरुद्ध शतक बनाए, अब राजस्थानबाट आईपीएल खेल्दैछन्


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

बिहारको एक सानो गाउँका १३ वर्षीय वैभव सूर्यवंशीको नाम यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को ‘अक्सन’का क्रममा चर्चामा थियो ।

उनी नयाँ सिजनको आईपीएलका लागि खरिद भएका खेलाडीहरूमध्ये सबैभन्दा कान्छा हुन् ।

यही कारण आईपीएलको यो संस्करणमा सबैको नजर वैभवमाथि छ । उनी राजस्थान रोयल्सबाट खेल्ने छन् ।

वैभवलाई १ करोड १० लाख भारू दिँदै राजस्थान रोयल्सले आफ्नो टीममा समावेश गरेको छ ।

आईपीएल–२०२५ को ‘अक्सन’भन्दा अघि राजस्थानले वैभवलाई नागपुरमा ‘ट्रायल’का लागि बोलाएको थियो । नागपुरमा ‘किशोर’ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

वैभावका बुवा सञ्जीवले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा भनेका छन्, ‘राजस्थान रोयल्सले उसलाई नागपुरमा ट्रायलमा बोलाएको थियो । विक्रम राठौर सर (ब्याट्सम्यान कोच)ले वैभावलाई एक म्याच खेलाए । उनलाई एक ओभरमा १७ रन बनाउन भनिएको थियो । छोराले तीन छक्का हान्यो । ट्रायलमा उसले जम्मा आठ छक्का र चार चौका हान्यो ।’

बीबीसीको हिन्दी अनलाइन संस्करणले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै लेखेको छ– विगतमा सञ्जीव सूर्यवंशीले आफ्ना छोराको क्रिकेट खेल्ने चाहना पूरा गर्न जमिन बेचेका थिए ।

वैभवका बुवाले आफ्ना अप्ठ्यारा दिन सम्झिँदै पीटीआईसँग भनेका छन्, ‘मेरो छोराले कडा मिहिनेत गरेको छ । आठ वर्षमै उसले अन्डर सिक्स्टिन डिस्ट्रिक्ट ट्रायलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । म उसलाई क्रिकेट ट्रेनिङका लागि घरबाट समस्तीपुर लैजाने गर्थेँ ।’

टाइम्स अफ इन्डियाका अनुसार वैभव चार वर्षका हुँदा बुवा सञ्जीवले प्लास्टिकको बलसँग खेलिरहेका देखेका थिए । छोराको क्रिकेटप्रतिको लगाव देखेर सञ्जीवले घरपछाडि सानो खेल मैदान बनाएका थिए । त्यहीँ वैभव क्रिकेटको अभ्यास गर्थे ।

सेप्टेम्बर २०२४ मा वैभावले अस्ट्रेलिया अन्डर १९ विरुद्धको खेलमा इन्डिया अन्डर १९ का लागि टेस्ट खेलमा ‘डेब्यू’ गरेका थिए ।

‘डेब्यू’ खेलमा ५८ बल खेल्दै उनले शतक बनाएका थिएन । जुन अन्डर १९ टेस्टमा भारतीय खेलाडीले पूरा गरेको अहिलेसम्मकै सबैभन्दा तीव्र शतक हो ।

यसका साथै वैभावले २०२४ एसीसी अन्डर १९ एशिया कपमा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले यूएईविरुद्ध ४६ बलमा ७६ रन बनाएका थिए । वैभावले सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३६ बलमा ६७ रन जोडेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : १० बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका