लोडसेडिङ हुनसक्ने मन्त्री खड्काको अभिव्यक्तिप्रति उद्योग परिसङ्घको आपत्ति « Khabarhub

लोडसेडिङ हुनसक्ने मन्त्री खड्काको अभिव्यक्तिप्रति उद्योग परिसङ्घको आपत्ति


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुनसक्ने भन्दै आएको समाचारले आफूहरूलाई गम्भीर बनाएको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ । 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले विगत ६-७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक नीतिका कारण धरासायी हुँदै आएको औद्योगिक क्षेत्र पुनः उर्जा मन्त्रालय र प्राधिकरणको कारणले थप धराशायी हुने स्थिति सिर्जना भएको भन्दै आपत्ति प्रकट गरेको हो ।

‘विगत ६-७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक र अव्यवहारिक नीतिका कारण आर्थिक औद्योगिक क्षेत्र धराशायी भएको र यसलाई सुधार गर्न हामीले पटक-पटक अनुरोध गरिएको वावजुद कुनै सुधार नभएको र अहिले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको टकराव र समन्वयको अभाव तथा असमझदारीले गर्दा विद्युत आपूर्तिमा अवरोध हुने अवस्था सृजना भै आज फेरि आर्थिक औद्योगिक क्षेत्र धराशायी हुने अवस्थामा पुगेको हाम्रो निष्कर्ष रहेको छ र यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र नेपाल सरकार उर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक व्यवहार र असमझदारी प्रति हाम्रो घोर आपत्ति पनि रहेको छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, अहिले पनि औद्योगिक क्षेत्रमा ४ देखि ६ घण्टा लोडसेडिङ भइरहेको संघले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : २९ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार