पक्षघातको उपचारका लागि निःशुल्क औषधी वितरण सुरू | Khabarhub Khabarhub

पक्षघातको उपचारका लागि निःशुल्क औषधी वितरण सुरू


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी अस्पतालमा पठाउने प्रक्रिया सुरू भएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । 

निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो, उनले भने, कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौँ । अहिले औषधी उपलब्ध भएको छ ।

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए । मन्त्रालयले तीन वटा संघीय अस्पतालमार्फत ती औषधी उपलब्ध गराउनेछ । 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले जानकारी दिए ।

यस्तो औषधीको बजार मूल्य झन्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपाङ्गताको समस्या देखिने गरेको छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो ।

मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ४४ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।

आज २१२ औँ भानु जयन्ती : विशेष कार्यक्रम गरेर मनाइँदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर