पक्षघातको उपचारका लागि निःशुल्क औषधी वितरण सुरू « Khabarhub

पक्षघातको उपचारका लागि निःशुल्क औषधी वितरण सुरू


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी अस्पतालमा पठाउने प्रक्रिया सुरू भएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । 

निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो, उनले भने, कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौँ । अहिले औषधी उपलब्ध भएको छ ।

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए । मन्त्रालयले तीन वटा संघीय अस्पतालमार्फत ती औषधी उपलब्ध गराउनेछ । 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले जानकारी दिए ।

यस्तो औषधीको बजार मूल्य झन्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपाङ्गताको समस्या देखिने गरेको छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो ।

मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ४४ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक