पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल « Khabarhub

पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच वर्षअघि सार्वजनिक भएको हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल सार्वजनिक भएको छ । यस गीतको सिक्वेल ‘जेल पनि सुहँला : मर्नु परे मरौँला’ बिहीबार सार्वजनिक भएको हो ।

यस गीतमा नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम दखाइएको छ ।

‘जेल पनि सहुँला–२’ पनि गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीले स्वर दिएका छन् ।

अघिल्लो गीतमा उनीहरूको प्रेममा सम्बन्ध स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरूले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ ।

जीवन र लक्ष्मीकै निर्देशनमा यसको भिडियो तयार भएको हो । पहिलो गीतको भिडियो रामेछापको एक विद्यालय आसपासमा खिचिएको थियो । त्यही स्थानमा सिक्वेलको छायाङ्कन गरिएको छ ।

‘जेल पनि सहुँला’ गीतले कलाकार जोडी लक्ष्मी र जीवनलाई म्युजिक भिडियोमा क्षेत्रमा स्थापित गराउन ठूलो भूमिका राखेको छ । यही गीतको सफताले उनीहरू दुईको म्युजिक भिडियोमा माग बढेको हो ।

यो जोडीले अहिलेसम्म करिब चार दर्जन म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

‘जेल पनि सहुँला’ले अहिलेसम्म साढे २ करोडभन्दा बढी भ्युज पाएको छ । यस गीतलाई दर्शकबाट धेरै माया पाएकाले सिक्वेल बनाएको निर्देशकसमेत रहेकी नायिका लक्ष्मी बताउँछिन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ६ : ४९ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध