पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल « Khabarhub

पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच वर्षअघि सार्वजनिक भएको हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल सार्वजनिक भएको छ । यस गीतको सिक्वेल ‘जेल पनि सुहँला : मर्नु परे मरौँला’ बिहीबार सार्वजनिक भएको हो ।

यस गीतमा नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम दखाइएको छ ।

‘जेल पनि सहुँला–२’ पनि गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीले स्वर दिएका छन् ।

अघिल्लो गीतमा उनीहरूको प्रेममा सम्बन्ध स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरूले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ ।

जीवन र लक्ष्मीकै निर्देशनमा यसको भिडियो तयार भएको हो । पहिलो गीतको भिडियो रामेछापको एक विद्यालय आसपासमा खिचिएको थियो । त्यही स्थानमा सिक्वेलको छायाङ्कन गरिएको छ ।

‘जेल पनि सहुँला’ गीतले कलाकार जोडी लक्ष्मी र जीवनलाई म्युजिक भिडियोमा क्षेत्रमा स्थापित गराउन ठूलो भूमिका राखेको छ । यही गीतको सफताले उनीहरू दुईको म्युजिक भिडियोमा माग बढेको हो ।

यो जोडीले अहिलेसम्म करिब चार दर्जन म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

‘जेल पनि सहुँला’ले अहिलेसम्म साढे २ करोडभन्दा बढी भ्युज पाएको छ । यस गीतलाई दर्शकबाट धेरै माया पाएकाले सिक्वेल बनाएको निर्देशकसमेत रहेकी नायिका लक्ष्मी बताउँछिन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको