‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’ « Khabarhub

‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने बताएका छन् । 

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरुलाई संघीय सरकारले पनि स्वामित्व लिनु पर्ने उल्लेख गरे। 

स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरूको सिको सबैले  गर्न जरुरी रहेको मन्त्री अधिकारीले उल्लेख गरे । कृषिमा  ज्ञान र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण हुने भएकाले यसका लागि गुरु किसानको अवधारणा उपयुक्त हुने विश्वास मन्त्री अधिकारीले गरे। 

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागिरहेको र आफूले कृषि र किसानको हित हुने कार्यक्रम समावेश गर्न पहल गरिरहेको मन्त्री अधिकारीले बताए । सीमित बजेटका बीच प्रतीकले बढी आउने गरि कार्य गर्नुपर्ने अहिलेको बाध्यताका बीच तिनै तहका सरकारको सहकार्य जरुरी छ मन्त्री अधिकारीले भने  । 

सो अवसरमा मन्त्री अधिकारी र  कोशी प्रदेशको कृषि सहकारी तथा भूमिव्यवस्था मन्त्री खगेन्द्रसिं लिम्बुले संयुक्तरुपमा गाउँपालीकाले निर्माण गरेको कृषि प्रशोधन केन्द्रको पनि उद्‌घाटन गरे। केन्द्रमा गुन्द्रुक बनाउन आवश्यक उपकरणहरू रहेका छन । गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरि बजारमा लैजाने जनाएको छ । 

गाउँपालिकाले १ सय २१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचय पत्र समेत प्रदान गरेको छ, उनिहरुले स्थानीय किसानहरूलाई खेती र प्रविधि सिकाउने गाउँपालिकालाई जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : ४६ बजे

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको