क्यान्सरको औषधिमा घुस खाने अमृता कोइरालालाई डेढ वर्ष जेल « Khabarhub

क्यान्सरको औषधिमा घुस खाने अमृता कोइरालालाई डेढ वर्ष जेल


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी अमृता कोइरालाले औषधि खरीदकर्ताबाट ६ लाख रुपैयाँ घुस खाएको पुष्टि भएको छ ।

औषधि खरीदकर्तालाई अस्पतालका तर्फबाट भुक्तानी दिनुपर्ने रकम मिलाइदिएवापत उनले नगद र चेकबाट घुस लिएको पुष्टि हुन आएको विशेष अदालत काठमाडौंले जनाएको छ ।

विशेष अदालतले विहीबार फैसला सुनाउँदै कोइरालालाई ६ लाख रुपैयाँ बिगो तोक्नुका साथै डेढवर्ष जेल सजायँ तोकेको छ ।

अस्पतालकी लेखा अधिकृत रहेकी कोइरालाले आफू चढ्ने स्कुटीमा डेढ लाख रुपैयाँ राखेको र नारायण डेभलपमेन्ट बैंकमा साढे ४ लाख रुपैयाँ जम्मा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको थियो ।

घुस रकम र औषधि बिक्रेतासँगको १७ कल फोन सम्वादका आधारमा विशेष अदालतले कोइरालाको अपराध पुष्टि गरेको हो ।

हेर्नुहोस् विशेष अदालतको फैसला –

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ५५ बजे

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट