क्यान्सरको औषधिमा घुस खाने अमृता कोइरालालाई डेढ वर्ष जेल « Khabarhub

क्यान्सरको औषधिमा घुस खाने अमृता कोइरालालाई डेढ वर्ष जेल


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी अमृता कोइरालाले औषधि खरीदकर्ताबाट ६ लाख रुपैयाँ घुस खाएको पुष्टि भएको छ ।

औषधि खरीदकर्तालाई अस्पतालका तर्फबाट भुक्तानी दिनुपर्ने रकम मिलाइदिएवापत उनले नगद र चेकबाट घुस लिएको पुष्टि हुन आएको विशेष अदालत काठमाडौंले जनाएको छ ।

विशेष अदालतले विहीबार फैसला सुनाउँदै कोइरालालाई ६ लाख रुपैयाँ बिगो तोक्नुका साथै डेढवर्ष जेल सजायँ तोकेको छ ।

अस्पतालकी लेखा अधिकृत रहेकी कोइरालाले आफू चढ्ने स्कुटीमा डेढ लाख रुपैयाँ राखेको र नारायण डेभलपमेन्ट बैंकमा साढे ४ लाख रुपैयाँ जम्मा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको थियो ।

घुस रकम र औषधि बिक्रेतासँगको १७ कल फोन सम्वादका आधारमा विशेष अदालतले कोइरालाको अपराध पुष्टि गरेको हो ।

हेर्नुहोस् विशेष अदालतको फैसला –

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ५५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति