पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट « Khabarhub

पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाथिभरा/मुक्कुमलुङ सम्पदाको संरक्षण गर्न र केवलकार परियोजना खारेज गर्न माग गर्दै आन्दोलन पक्षधर फुङलिङ निवासी नबराज गुरुङ लगायत ८ जनाले सर्वाेच्च आदालतमा रिट दायर गरेका छन् ।

रिटमा पाथिभरा देवी दर्शन केवलकार प्रा.लि. र नेपाल सरकार समेत १४ जनालाई प्रतिवादी बनाइएको छ ।

मन्त्रिपरिषदले ०७५ चैत्र १८ गते निर्णय गरेर पाथिभराको धाममा रहेको वनको जग्गा प्रदान गरेर केबलकार बनाउने कार्यले लिम्बु समुदाय, हिन्दु र बौद्ध धर्माबलम्बी लगायत सम्पर्ण नेपालीहरुले एक आध्यत्मिक शक्तिको स्रोतको रुपमा मान्दै आएको विश्वास र आस्थामा असर पर्ने भएकाले केवलकार खारेजीको माग रिटमा गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा १६ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुनुका साथै राज्यले शक्ति परिचालन गरी धरपकड गर्ने, धम्क्याउने र बिना कारण गोली हानेर निहत्था नागरिकहरुको ज्यानै लिनेसम्म प्रयत्न गरेको निवेदकहरुले दावी गरेका छन् ।

​संविधानको धारा १७(२)(ख) ले प्रत्याभूत गरेको विना हातहतियार शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताको हनन् हुनुका साथै संविधानको धारा २६ (२) ले प्रत्याभूत गरेको प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थलको संरक्षण गर्ने हक पनि उल्लंघन भएकाले उत्प्रेषण तथा परमादेशको आदेश जारी गर्न रिटमा माग गरिएको छ । साथै, मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म पाथिभरा/मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउन नदिने गरी अन्तरिम आदेशको समेत माग गरिएको छ ।

सर्वोच्च अदालतमा यसअघि नै परेको पाथीभरा केबलकारसम्बन्धी अर्को रिट पनि विचाराधीन छ ।

पाथिभरा/मुक्कुलुङ संरक्षणको माग गर्दै ताप्लेजुङमा केबलकार विरोधी आन्दोलसमेत चलिरहेको छ । यही क्रममा गत माघ ८ गते भएको झडपमा चन्द्र मादेन र अर्जुन लिम्बु लगायतका ६ जना घाइते भएका भएका थिए ।

सरकार र कम्पनीले निर्माण कार्यलाई जबर्जस्तीरुपमा पुन अघि बढाएपछि माघ १२ गते ताप्लेजुङमा अर्को हिंसात्मक घटना भएको थियो । त्यस क्रममा प्रहरीले अन्धाधुन्द गोली प्रहार गर्दा यमबहादुर लिम्बु, सगुन लावती, धर्म पालुङवा, विशाल श्रेङ र ध्वोजमान लिम्बु गम्भिर घाइते भएका थिए । गोलीकान्डपछि सरकार र आन्दोलनकारीबीच वार्ताको प्रयास भए पनि सफल हुन सकेन ।

गत फागुन १० गते भएको आन्दोलनमा फेरि प्रहरी र आन्दोलनकारीबीच झडप भयो । एक्कासी राति ११ बजे अभियानकर्मी चन्द्र मादेन र प्रदिप मादेनको घरमा नेपाल प्रहरीले आक्रमण गर्दा १४ जना घाइते भएको आन्दोलनकारीको दाबी छ । लगत्तै १८ जना अभियानकर्मीलाई पक्राउ गर्नुका साथै १० जनालाई वारेन्टसमेत जारी गरिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब