केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न « Khabarhub

केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

खोटाङ – यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा तीन सय ९२ जनाले उपचार गराएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा यही चैत ४, ५ र ६ गते सम्पन्न शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि उपचार, चस्मा वितरण गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय १० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजुले जानकारी दिए ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दीवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको हो ।

नेत्रज्योति सङ्घले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही चैत ९, १० र ११ गते र हलेसी तुवाचुङ नगरपालिकामा १४, १५ र १६ गते शिविर आयोजना गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ९ : २७ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा