भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु « Khabarhub

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेकाको जग्गा नाँपजाँच सुरु गरिएको छ ।

भूमि समस्या समाधान आयोग नवलपरासीले आज एक कार्यक्रममा गरी गाउँपालिकाभित्रका जग्गाको नाँपजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङले बताए।

उनले भने, “तीन जना अमिन र एक जना सर्वेक्षकसहित चार कर्मचारीमार्फत काम सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–९ बाट सुरु जग्गा नाँप जाँच सुरु भएको छ ।”नाँप जाँच गर्ने क्रममा एक हजार पूर्जा तयार हुनै वित्तिकै वितरण गर्ने तयारी रहेको गुरुङले बताउनुभयो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आजदेखि सुरु गरिएको जग्गा नाँप जाँचले पालिकाभित्रका अव्यवस्थित बसोबास भएकाको जग्गा व्यवस्थित हुने विश्वास व्यक्त गरे । गाउँपालिकाको आर्थिक सहयोगमा भूमि आयोगले नाँपजाँच सुरु गरेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १० : २१ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत