धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ? « Khabarhub

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि अफिस, घरदेखि पाहुनाको सत्कारसम्म चिया चाहिन्छ । तर, धेरै चिया अत्याधिक खानु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । दिनमा ४–५ कपभन्दा बढी चिया पिउने मानिसहरुलाई विभिन्न समस्या हुने चिकित्सकहरु बताउँछन् ।

एसिडिटी र ग्यासको समस्या
चियामा हुने क्याफिनले पेटमा एसिडको मात्रा बढाउँछ । यसले गर्दा पेट दुख्ने, ग्यास्ट्रिक, अपच, वा जलन हुने सम्भावना बढ्छ । यसका लागि सकेसम्म खाली पटेमा चिया पिउनुहुँदैन । त्यसैगरी दूध वा मसला कम हालेको चियाले पनि एसिडिटी र ग्यासको समस्या हुन दिँदैन ।

निन्द्रामा असर
क्याफिनले निद्रा बिगार्छ । अत्याधिक चिया पिउँदा राति निन्द्रा नलाग्ने वा गहिरो निन्द्रा नआउने समस्या हुन्छ। त्यसैले, बेलुकीपख वा राति चिया नपिएकै बेस हुन्छ ।

आइरनको कमी
चियामा ट्यानिन नामक तत्व पाइन्छ । यसले शरीरमा आइरनको अवशोषण घटाउँछ । विशेष गरी शाकाहारीहरूका लागि यसले रक्तअल्पता को जोखिम बढाउँछ ।

दाँतको रंग र स्वास्थ्य
चियाले दाँत पहेँलो बनाउँछ र लामो समयसम्म धेरै चिया पिउँदा दाँतमा प्लाक जम्ने सम्भावना हुन्छ । त्यसैले चिया पिएपछि मुख धुने वा ब्रस गर्ने बानी बसाल्नुहोस्।

नशा र लत
चियाको अत्याधिक सेवनले क्याफिन डिपेन्डेन्स बढाउँछ, जसले गर्दा नपिउँदा टाउको दुख्ने, चिडचिडापन, थकान हुने आदि लक्षण देखिन सक्छन् । त्यसैले विस्तारै चियाको मात्रा घटाउने अभ्यास गर्न सकिन्छ । कहिलेकाहीँ हर्बल टि, तुलसी चिया, वा अदुवाले विकल्प खोज्न सकिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०७ बजे

रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति

डीपी सभामुख बन्दा रास्वपाले कसलाई देला उपसभामुख ? यी दलसँग भइरहेछ संवाद

काठमाडौं– यही चैत २२ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्