धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ? « Khabarhub

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि अफिस, घरदेखि पाहुनाको सत्कारसम्म चिया चाहिन्छ । तर, धेरै चिया अत्याधिक खानु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । दिनमा ४–५ कपभन्दा बढी चिया पिउने मानिसहरुलाई विभिन्न समस्या हुने चिकित्सकहरु बताउँछन् ।

एसिडिटी र ग्यासको समस्या
चियामा हुने क्याफिनले पेटमा एसिडको मात्रा बढाउँछ । यसले गर्दा पेट दुख्ने, ग्यास्ट्रिक, अपच, वा जलन हुने सम्भावना बढ्छ । यसका लागि सकेसम्म खाली पटेमा चिया पिउनुहुँदैन । त्यसैगरी दूध वा मसला कम हालेको चियाले पनि एसिडिटी र ग्यासको समस्या हुन दिँदैन ।

निन्द्रामा असर
क्याफिनले निद्रा बिगार्छ । अत्याधिक चिया पिउँदा राति निन्द्रा नलाग्ने वा गहिरो निन्द्रा नआउने समस्या हुन्छ। त्यसैले, बेलुकीपख वा राति चिया नपिएकै बेस हुन्छ ।

आइरनको कमी
चियामा ट्यानिन नामक तत्व पाइन्छ । यसले शरीरमा आइरनको अवशोषण घटाउँछ । विशेष गरी शाकाहारीहरूका लागि यसले रक्तअल्पता को जोखिम बढाउँछ ।

दाँतको रंग र स्वास्थ्य
चियाले दाँत पहेँलो बनाउँछ र लामो समयसम्म धेरै चिया पिउँदा दाँतमा प्लाक जम्ने सम्भावना हुन्छ । त्यसैले चिया पिएपछि मुख धुने वा ब्रस गर्ने बानी बसाल्नुहोस्।

नशा र लत
चियाको अत्याधिक सेवनले क्याफिन डिपेन्डेन्स बढाउँछ, जसले गर्दा नपिउँदा टाउको दुख्ने, चिडचिडापन, थकान हुने आदि लक्षण देखिन सक्छन् । त्यसैले विस्तारै चियाको मात्रा घटाउने अभ्यास गर्न सकिन्छ । कहिलेकाहीँ हर्बल टि, तुलसी चिया, वा अदुवाले विकल्प खोज्न सकिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०७ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर