इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस् « Khabarhub

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो छ । आजकल आम प्रयोगकर्तादेखि कलाकारहरुले पनि इन्स्टाग्राममा रिल्स हालिरहेका हुन्छन् । तर, इन्स्टाग्राममा अपलोड गरेका कतिपय रिल्स भाइरल भइरहेका हुन्छन् त कुनै रिल्समा खासै भ्युज आउँदैन ।

आज हामी इन्स्टाग्राममा आफ्नो रिल्सलाई भाइरल बनाउन के गर्ने भन्नेबारे जानकारी दिनेछौँ ।

ट्रेन्डिङ संगीत प्रयोग गर्ने
रिल्सलाई भाइरल बनाउनका लागि पछिल्लो समय चलेका गीत–संगीतको प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताको जनजिब्रोमा झुण्डिएका गीत हाल्दा दर्शकले लामो समयसम्म रिल हेर्ने र धेरै दर्शकमाझ भाइरल हुने सम्भावना धेरै हुनछ ।

उच्च गुणस्तरका भिडियोहरू सिर्जना गर्ने
भाइरल हुन रिलको भिडियो गुणस्तर पनि राम्रो हुनुपर्छ । दर्शकहरु धमिलो वा कम गुणस्तरको भिडियो हेर्न रुचाउँदैनन् । सफा र उचित प्रकाशसँगै उच्च गुणस्तरको भिडियो राख्दा दर्शकहरुले रिल्सप्रति आकर्षित हुन्छन् । यसले पनि रिललाई भाइरल बनाउन मद्दत गर्छ ।

रचनात्मक सामग्री
संगीत र भिडियो गुणस्तरले मात्रै दर्शक आकर्षित हुँदैनन् । रिलको मूल सामग्री नै कमजोर र झुर छ भने जतिसुकै उच्च गुणस्तरको भिडियो वा संगीत बनाएपनि दर्शकलाई आकर्षित गर्न सकिन्न । त्यसका लागि आफ्नै मौलिक सोचमा आधारित रहेर सामग्री रचना गर्न सकिन्छ । यसका लागि कमेडी, डान्स, मनोरञ्जनात्मक वा जानकारीमूलक सामग्री बनाउन सकिन्छ ।

ह्यासट्याग
ट्रेन्डिङमा रहेका ह्यासट्यागको प्रयोग गर्दा पनि धेरैभन्दा धेरै दर्शकमाझ रिल फैलने सम्भावना हुन्छ ।

लगातार पोस्ट गर्ने
धेरै रिलहरु पोस्ट गर्दा भाइरल हुने सम्भावना पनि धेरै हुन्छ । इन्स्टाग्रामले नियमित रुपमा रिल पोस्ट गर्ने सक्रिय प्रयोगकर्ताको रिललाई धेरैभन्दा धेरै दर्शकमाझ पु¥याउने सम्भावना हुन्छ । वर्षमा वा महिनामा एक पटकमात्रै पोस्ट गर्दा रिल भाइरल हुने सम्भावना पनि कम हुन्छ ।

इन्टरएक्सन बढाउने
रिलमा दर्शकलाई कमेन्ट लाइक वा शेयर गर्न आग्रह गर्न सकिन्छ । जति धेरै लाइक कमेन्ट र शेयर हुन्छ तपाईँको रिल उति धेरै भाइरल हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०९ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले