आज २०८२ साल वैशाख ७ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख ७ गते आइतबारको राशिफल


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। तदनुसार सन् २०२५ अप्रिल २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुने योग छ।

वृष : दिन सामान्य छ। सोचेर बोल्नु राम्रो हुनेछ। मिहिनेत गरेमा आर्थिक उन्नति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। रोजगारीमा फाइदा हुने दिन छ। परिवारमा भने विवाद हुनसक्ने जोखिम देखिन्छ।

मिथुन : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन तनावपूर्ण हुनसक्छ। राम्रो गरे पनि नराम्रा कामको दोष आइलाग्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट मनमा सन्तोष मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आज श्रम बढी नै गर्नुपर्ने दिन छ। मिहिनेत गरेको ठाउँमा सानो कुरामा भए पनि प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्ने योग छ। पूर्वतर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। योजना गोप्य राख्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ। शिक्षामा आफूले सोचेको जस्तो उन्नति नहुने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : तपाईंले गरेको श्रमको मूल्यांकन हुनेछ। शिक्षामा उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। मन अशान्त हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। आम्दानीबाट थोरै रकम परोपकारमा खर्च गर्नु उचित हुन्छ। प्रप्त सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ।

मकर : आज खर्च बढ्नेछ। आफन्तले तपाईंलाई फसाउने खतरा छ। मनको कुरा सार्वजनिक नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा खरो ढंगले प्रस्तुत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। अन्त्य साढेसाती दशा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। सामान्य काममा पनि चिन्ता बढ्ने जोखिम रहेको छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : संघर्ष गरेर अगाडि बढ्नुपर्ने दिन छ। तपाईंको कामको सम्मान प्राप्त हुनेछ। बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम हुनसक्छ। न्यायपूर्वक गरेको श्रमको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ५९ बजे

छातीमा भक्कानो, ओठमा कलेटी अनि कार्यकर्ताको गडगडाहट ताली: जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको

मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज

कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ

धनगढी – नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले

रूपन्देही–३ मा उपनिर्वाचन : कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार को ?

काठमाडौँ – सत्ता साझेदार दुई दल नेपाली काङ्ग्रेस र नेकपा

गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए

एजेनसी– उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले