रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम | Khabarhub Khabarhub

रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुस र युक्रेनले ३० घण्टाका लागि युद्ध विराम गरेका छन्। ३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो।

यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध विराम भङ्ग गर्ने विषयमा सचेत भएर बसेको बताए। बिना शर्त ३० दिनको पूर्ण युद्ध विरामको प्रस्ताव टेबलमा रहेकाले उनले यसका लागि रुसी जवाफ पर्खिरहेको प्रतिक्रिया दिएका हुन्।

आर्मी प्रमुख भालेरी गेरासिमोभसँगको वार्ता पछि पुटिनले यो छोटो समयको घोषणा गरेका हुन्।

यसअघि पनि युद्ध विराम घोषणा भएर दुवै पक्षले अस्वीकार गरेकाले अहिले दुवै पक्ष चनाखो भएर बसेका छन्।

सन् २०२३ को जनवरीमा क्रिसमसको समयमा पनि सुरुमा दुई पक्षले युद्ध विराम गर्ने सहमति गरे पनि त्यो निर्णय लागू भएको थिएन।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १९ बजे

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको