रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम « Khabarhub

रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुस र युक्रेनले ३० घण्टाका लागि युद्ध विराम गरेका छन्। ३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो।

यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध विराम भङ्ग गर्ने विषयमा सचेत भएर बसेको बताए। बिना शर्त ३० दिनको पूर्ण युद्ध विरामको प्रस्ताव टेबलमा रहेकाले उनले यसका लागि रुसी जवाफ पर्खिरहेको प्रतिक्रिया दिएका हुन्।

आर्मी प्रमुख भालेरी गेरासिमोभसँगको वार्ता पछि पुटिनले यो छोटो समयको घोषणा गरेका हुन्।

यसअघि पनि युद्ध विराम घोषणा भएर दुवै पक्षले अस्वीकार गरेकाले अहिले दुवै पक्ष चनाखो भएर बसेका छन्।

सन् २०२३ को जनवरीमा क्रिसमसको समयमा पनि सुरुमा दुई पक्षले युद्ध विराम गर्ने सहमति गरे पनि त्यो निर्णय लागू भएको थिएन।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १९ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर