भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश « Khabarhub

भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – ग्याङ सदस्यको आरोप लागेका भेनेजुएलालीको डिपोर्ट रोक्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ। स्वतन्त्र नागरिक समूहले यो डिपोर्ट रोक्न रिट दायर गरेका हुन्। पछिल्लो समय टेक्ससबाट डिपोर्ट भएपछि रिट हालिएको जनाइएको छ। कानुनी रूपले योग्य रहेकालाई नै डिपोर्ट गरिएको जनाइएको छ।

१९७८ एलिनियज इनिमी ऐन प्रयोग गर्दै ग्याङ सदस्यको आरोप लागेकालाई एल साल्भाडोरको यातना गृहमा पठाइएको छ। सो ऐन अनुसार शत्रु देशको नागरिक भएको आरोपलाई राष्ट्रपतिले शत्रु घोषणा गर्नसक्छ।

यसअघि सो ऐन तीन पटक प्रयोग भएको थियो। तीन पटक युद्धको समयमा ऐन प्रयोग भएको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले भने प्रशासनले कानुन अनुसार नै सबै कुरा गरेको दाबी गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लाखौँ अमेरिकीको जीवन जोखिममा पर्नेगरी हुने आतङ्कवादी गतिविधि रोक्नका लागि यो आवश्यक रहेको बताएका छन्।

यो ऐन दोस्रो विश्व युद्धको समयमा लगाइएको थियो। सो समयमा हजारौँ जापानी नागरिकलाई बिना प्रमाण देश फर्काइनुका साथै जेल चलान पनि गरिएको थियो। जनवरी महिनामा ट्रम्पले दोस्रो कार्यकालको सुरुवात गरेपछि अमेरिकामा धेरै कानुनी बाधा अड्चन आएका छन्।

ट्रम्पले भेनेजुएलाको ग्याङ ट्रेन्ड डे एरेजुआले अमेरिकी भूमिमा गलत गतिविधि गरिरहेको आरोप लगाएको छ। ८ अप्रिलमा एल साल्भाडोरमा डिपोर्ट भएका मध्य २६१ मध्य १३७ जना सोही ऐन अनुसार डिपोर्ट भएका थिए।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : १० बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ