प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा « Khabarhub

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

शनिबार राति भएको खेलमा सिटीले एभरटनलाई २-० ले हराएको हो। अन्तिम समयसम्म गोलरहित अवस्थामा रहेको अवस्थामा ८४ औँ मिनेटमा निक ओ रेलीले गोल गरे। यसैगरी, इन्जुरी समयमा मेटो कोभासेकले गोल गरे।

न्यु क्यासल भने अस्टन भिल्लासँग ४-१ ले पराजित भयो। ओली वाटकिन्सनले ३४ औँ सेकेन्डमा गोल गर्दै अस्टन भिल्लालाई अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा न्यु क्यासलका लागि स्कारले गोल गरेका थिए।

६४ औँ मिनेटमा इयान माटसेनले वाटकिनको सहयोगमा गोल गर्दै भिल्लालाई जित दिलाए। ७३ औँ मिनेटमा ज्याकोब राम्सीको क्रस रोक्ने क्रममा डान बर्मले आत्मघाती गोल गरे। अमाडाउ ओनारियोले भिल्लाका लागि अन्तिम गोल गरे।

प्रिमियर सिपका अन्य खेलमा ब्रैन्टफोर्डले ब्रिङटनलाई ४-२ ले हरायो। क्रिस्टल प्यालेस र बोर्नमाउथबीच गोलरहित बराबरी भयो। वेस्ट हाम र साउथ हाम्टनबीच १-१ गोलको बराबरी भयो।

तालिकामा ३२ खेल खेलेका लिभरपुलको ७६ तथा आर्सनलको ६३ अङ्क छ। पराजयका बाबजुद ३३ खेल खेलेका न्यु क्यासलको ५९ अङ्क तथा सिटीको ५८ अङ्क छ।

३२ खेल खेलेको नटिङघम फरेस्टको ५७ तथा ३३ खेल खेलेको भिल्लाको पनि ५७ अङ्क छ। ३२ खेल खेलेको चेल्सीको ५४ अङ्क छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ४८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने