राजावादी आन्दोलनले दुई घण्टामै सकियो शिक्षकको प्रदर्शन « Khabarhub

राजावादी आन्दोलनले दुई घण्टामै सकियो शिक्षकको प्रदर्शन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक प्रदर्शनमा राजावादी घुसपैठ हुन सक्नेभएपछि आइतबार शिक्षकहरूले १९औँ दिनको आन्दोलन २ घण्टा नबित्दै समापन गरेका छन् ।

राजावादी आन्दोलनका कारण १९ दिनदेखि जारी शिक्षकहरूको आइतबारको प्रदर्शन प्रभावित भएको छ । माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए ।

आइतबार राप्रपाले त्यही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि बिहान ९ बजेदेखि १२ बजेसम्मका समयावधि तोकिएको थियो । तर राजावादी आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै १९औं दिनको आन्दोलनका कार्यक्रम सकेका हुन् ।

शिक्षकहरूले युनिफर्म र आईडी कार्ड अनिवार्य लगाउनुपर्ने उर्दी गरेका थिए । सोमबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नियमित प्रदर्शन हुनेछ ।

विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित १९ दिनदेखि माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ०९ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले