राजावादी आन्दोलनले दुई घण्टामै सकियो शिक्षकको प्रदर्शन « Khabarhub

राजावादी आन्दोलनले दुई घण्टामै सकियो शिक्षकको प्रदर्शन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक प्रदर्शनमा राजावादी घुसपैठ हुन सक्नेभएपछि आइतबार शिक्षकहरूले १९औँ दिनको आन्दोलन २ घण्टा नबित्दै समापन गरेका छन् ।

राजावादी आन्दोलनका कारण १९ दिनदेखि जारी शिक्षकहरूको आइतबारको प्रदर्शन प्रभावित भएको छ । माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए ।

आइतबार राप्रपाले त्यही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि बिहान ९ बजेदेखि १२ बजेसम्मका समयावधि तोकिएको थियो । तर राजावादी आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै १९औं दिनको आन्दोलनका कार्यक्रम सकेका हुन् ।

शिक्षकहरूले युनिफर्म र आईडी कार्ड अनिवार्य लगाउनुपर्ने उर्दी गरेका थिए । सोमबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नियमित प्रदर्शन हुनेछ ।

विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित १९ दिनदेखि माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना