आगलागी पीडितका गुनासा : नेताहरूले अवस्था हेरे, व्यवस्था गरेनन् « Khabarhub

आगलागी पीडितका गुनासा : नेताहरूले अवस्था हेरे, व्यवस्था गरेनन्


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

धनगढी– बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा गत चैत २६ गते साँझ भीषण आगलागी भयो । २५ वटा घर र ती घरभित्र सञ्चालनमा रहेका ३५ वटा पसलहरू जलेर छिनमै खरानी भए । भौतिक संरचना पुरै नष्ट भए । आधाबढी बजार नै ध्वस्त भयो । सिङ्गो बजार नै आगलागीले फेरियो । पीडितको जीवनशैली नै अस्तव्यस्त हुने अवस्था आयो । उक्त पीडा र समस्या अहिले पनि कायमै छ ।

आगलागीको १२ दिन बित्यो । तर पनि पीडितहरूले पाउनु पर्ने जति राहत र सहारा केही नपाएको गुनासो गरेका छन् । प्रहरीका अनुसार भौतिक संरचना बाहेक ८ करोड बढीको क्षति भएको छ । २५ वटा घरको क्षति यकिन नै गरिएको छैन । पक्कीदेखि खर र ढुङ्गाले छाएका नयाँ पुराना सबै घर जलेर नष्ट भएका छन् ।

वर्षौदेखि बजारमै घर बनाएर बस्नेतहरूको लागि बसोबासकै लागि समस्या छ । तर राज्यका पक्षबाट अवस्था हेर्न मन्त्री आए पनि व्यवस्था गर्नेतर्फ कसैको ध्यान नगएकोमा पीडितहरूमा आक्रोश देखिन्छ ।

उठीबास लागेका पीडितहरू पूर्णरुपमा विस्थापित छन् । पालिकाले दिएको पाल र केही आफन्तको घरको सहारामा उनीहरु जीवन काट्न बाध्य छन् । पीडामा समेत राज्यको उपस्थिति नदेखिएको प्रति आक्रोश आगलागी पीडित निर्मला रावलको छ । उनको पक्की घरमा नै क्षति पुगेको छ । आगो फैलँदै जाँदा उनले अन्यत्रको क्षति जोगाउन आफ्नो घर डोजर लगाएर भत्काइन् ।  थप क्षति हुन नदिन आफ्नो घर भत्काउन सहयोग गरेकी रावल अहिले आफन्तको कोठामा बस्दै आएकी छिन् । उनको घर निर्माण र घरको क्षति पाउने कुरामा उनी विश्वस्त छैनन् ।

‘मेरो घर जलेर खरानी भयो । तर अरूका घर बचाउन डोजर लगाएर भत्काउन दिएँ,’ उनले भनिन्, ‘त्यति नगरेको भए सायद जयगढको नाम निशान नै मेटिने थियो।’ अहिले पीडा मैले भोगिरहेकी छु, न बासको ठेगान छ, न गाँसको ग्यारेन्टी नै । नेताहरू आए, दिन्छौँ भनेर फर्किए तर कुनै व्यवस्था गरेनन्, उनले भनिन् ।

१० वर्षअघि श्रीमानको मृत्यु भएको र कार्यालय सहयोगीको जागिर गर्दै छोराछोरी पढाइरहेकी निर्मलाका लागि अहिले बस्न निकै गाह्रो देखिन्छ । गाउँपालिकाले दिएको एउटा ब्ल्याङ्केट, २५ किलो चामल, तेल र बाल्टिन बाहेक केही नपाएको पीडितले गुनासो गरेका छन् ।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले सहयोग रकम जुट्ने क्रममा रहेकाले पीडितले राहत पाउने विश्वास व्यक्त गरे । पालिका दिनरात त्यसैमा लागिपरेको दाबी अध्यक्ष साउदको छ । साउदका अनुसार गाउँपालिकाको खातामा अहिलेसम्म ५ लाख ७२ हजार रकम संकलन भएको छ । त्यसमध्ये ३ लाख ५९ हजार पीडितलाई दिएको र बाँकी कामपनि तिब्र गतिमा भइरहेको उनको भनाइ छ ।

घटनालगत्तै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिला मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्रपाल जयगढ पुगेर स्थलगत अनुगमन गरि फर्किएका छन् । अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद पुष्पबहादुर शाहले पनि अवस्था बुझेर फर्किएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आकस्मीक बैठक गरेर ५० लाख दिने घोषणा समेत गरेको थियो । घोषणा लगत्तै मन्त्रीको टोली अछाम पुगेर पीडितलाई आश्वासन दिएर फर्किएको थियो । तर रकम दिने नदिने अझै प्रदेश सरकारले यकिन गरेको छैन ।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिरा सार्कीले भने केही दिनमा बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेर पालिकालाई बुझाउने गरि तयारी भइरहेको बताए ।

आगलागी पछि मन्त्रीदेखि नेतासम्म समाजसेवीदेखि नागरिक अगुवासम्म जयगढ पुगेका थिए । उनीहरुले राहत दिने प्रतिस्पर्धाकै शैलीमा घोषणा समेत गरेका थिए ।

अछामका १० पालिका मध्ये मल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका र मंगलसेन नगरपालिकाले राहत घोषणा गरेका थिए । ती मध्ये मंगलसेन नगरपालिकाले मात्रै दिने प्रक्रिया अघि बढाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीकातर्फबाट पनि राहत घोषणा गरिएको थियो । तर नेकपा माओवादीका तर्फबाट केन्द्रीय सदस्य दिपक साउदले १ लाख २५ हजार रुपैयाँ सहयोग दिएका छन् । कांग्रेसले घोषणा गरेको १ लाख र एमालेले घोषणा गरेको १ लाख २१ हजार दिन बाँकी छ । यस्तै, मायामेट्रो अस्पताल प्रालिका अध्यक्ष धिरेन्द्र साउदले पनि १ लाख ५१ हजार नगद दिएको तथ्यांक पालिकामा छ ।

बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावलले गाउँपालिकाले तत्कालका लागि पीडितलाई खाद्यान्न उपलब्ध गराइसकेको र अस्थायी टहरा बनाउने योजना बनाएर अघि बढीसकेको जानकारी दिइन् । उनले भनिन्, ‘दीर्घकालीन पुनर्निर्माणको लागि सोच्नु पर्नेछ । त्यसमा पालिकाको टिम र संघ प्रदेश सरकार पनि जिम्मेवार हुनुपर्छ ।’

जयगढका व्यापारी समेत रहेका आगलागी पीडित खगेन्द्र साउदले राज्यले आश्वासन दिन आशा मात्रै बाँड्ने सहयोग नगर्ने कुरा गैर जिम्मेवार भएको बताए । घर, गोदाम र पसल सबै जलेर नष्ट भएपछि उनको परिवार अहिले गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको एउटा कोठामा आश्रित छ । साउदको मात्रै करिब १ करोड बढीको क्षति भएको प्रहरी रिपोर्ट छ ।

 ठूलाबडा आउने र फोटो खिच्ने बाहेक केही काम नभएको पीडितको गुनासो छ ।  

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ३१ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा