प्रचण्डले भने- अहिले नै गणतन्त्रमाथि कुनै खतरा छैन | Khabarhub Khabarhub

प्रचण्डले भने- अहिले नै गणतन्त्रमाथि कुनै खतरा छैन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन् ।

आइतबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको बताए । उनले गणतन्त्रमाथि कुनै खतरा नरहेको दोहोर्‍याए ।

अहिले दलहरू गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनले बताए । यद्यपि गणतन्त्रका बिषयमा दलहरूबीच मतभेद नरहेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओ‌लीले शुक्रबार शेरबहादुर देउवा र प्रचण्डसहित बालुवाटारमा भएको भेटलाई गणतन्त्र जोगाउन जुटेको रुपमा व्याख्या गरेका थिए ।

‘वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग महत्वपूर्ण परामर्श भयो’, उनले भनेका थिए, ‘समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सु-व्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा हामी सहमत छौँ।’

त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने आफूहरूको समर्थन रहे पनि भ्रष्टाचारको मुद्दामा कुनै समर्थन नहुने स्पष्ट पारे । उनले अहिलको गठबन्धन संविधानको भावनाविपरीत भएकाले यसलाई समर्थन गर्ने चर्चा गलत भएको बताए ।

प्रचण्डले संविधान र कानुन अनुसार पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीति र्फकन कसैले नरोक्ने जिकिर गरे । उपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि जिम्मेवारीमा फर्किएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : २९ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना