बागलुङपानी–घलेगाउँ-भुजुङ १० किलोमिटर सडक कालोपत्रको काम सुरु « Khabarhub

बागलुङपानी–घलेगाउँ-भुजुङ १० किलोमिटर सडक कालोपत्रको काम सुरु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।
 
पूर्वाधार विकास कार्यालयका अनुसार निमित्त कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेल हुनेछ । सोमध्ये चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको र बाँकीमा कालोपत्र गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनका अनुसार  ६ मिटरको चौडाइको कालोपत्र भइरहेको र केही केही ठाउँमा भने ढलान गरिने भएको छ । 

घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेलको काम कालेपत्र सम्पन्न गरेसँगै हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक स्तरोन्नतिको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । 

बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्याबेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गर्दै विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त समयमा ठेकेदारले काम सम्पन्न नगरेपछि  पहिलो पटक विसं २०७९ असोज २८ गतेसम्म काम सम्पन्न गर्ने भन्दै म्याद थप गरेको थियो । 

उक्त समयमा कामले गति लिन नसकेपछि विसं २०८० चैत २२ गते पुनः म्याद थप गर्दै विसं २०८१ असोज २९ गतेभित्र सो कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर सो समयमा पनि काम सम्पन्न हुन सकेन । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ४४ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर