छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल सोही स्थानका ६० वर्षीय गौतम केसी तथा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ चाँगामा मे १त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थानका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–६ बाङ्गबगरमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २७ वर्षीय विष्णुराज भट्ट, सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा कार अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते दुई जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

बर्दियाको मधुवन नगरपालिका–३ मा भएको सवारी दुर्घटनामा मधुवन–२ का २८ वर्षीय जानकु थारूको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका–३ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको छ । 

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का चान्देउस्थित मछली खोलामा डुबेर सोही स्थानका ११ वर्षीय सिद्धार्थ विकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विकको खोजीका क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । त्यस्तै, सिराहाको सुखीपुर नगरपालिका–२ जगतपुर टोलका दिनेश यादवका चार वर्षीय छोरा धीरोज यादव घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ का अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा नेपालगञ्ज–११ का २८ वर्षीय चानबाबु खाँनको मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ४९ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज