सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो « Khabarhub

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि रुचाइएका कलाकार हुन् । वि.सं २०७६ को मध्यतिर उनी अभिनयको विश्राम घोषणा गरेर व्यवसायमा लागे ।

उनले तीनकुनेमा एक होटल सञ्चालन गरेका थिए । उनी आफैँ कुक थिए । त्यसयता अभिनयमा उनको सक्रियता न्यून छ । उनी फ्याट्टफुट्ट केही फिल्ममा देखिए ।

०८१ सालमा कामेश्वरले फिल्म ‘फेरि रेशम फिलिली’मा अभिनय गरे । यस फिल्ममा उनको भूमिका सशक्त छ । ‘फेरि रेशम फिलिली’ ०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल हो ।

सिक्वेलको अभिनयलाई उनले फिल्ममा आफ्नो कमब्याक भनेका थिए । तर, यसपछि उनी अर्को कुन फिल्ममा देखिन्छन् भन्ने टुंगो थिएन । उनको कमब्याक यही फिल्ममा सीमित हुने जोखिम थियो ।

तर, उनको अभिनय कमब्याक नै सावित भएको छ । उनले ०८१ सालमै अर्को फिल्मका लागि सम्झौता गरेको खबर बाहिरिएको छ ।

उनी सेभेन सिज सिनेमाको ब्यानरमा बन्ने फिल्म ‘अभिमन्यु’को लिड हिरोकाका लागि अनुबन्ध भएका हुन् ।

‘अभिमन्यु’मा नायिकाहरू गौमाया गुरुङ, सरिता गिरी र लक्ष्मी बर्देबा केन्द्रीय भूमिकामा रहने बताइएको छ । यो फिल्मको छायाङ्कन अहिले जारी छ ।

कामेश्वर यस फिल्ममा केन्द्रीय नायक रहेपनि निर्माण पक्षले यसबारे जानकारी नदिई छायाङ्कन गरिरहेको छ । यता कामेश्वरले पनि यसबारे केही जानकारी दिएका छैनन् ।

निर्माण पक्षले प्रचारको अस्त्रका रुपमा कामेश्वरलाई गुपचुप राखेको बुझिएको छ ।

सुशान्त गौतम ‘अभिमन्यु’ निर्देशन गर्दैछन् भने निर्माता विनोद पौडेल हुन् । यसका लेखक मुकेश खनाल हुन् । प्रदर्शन मिति आगामी भदौ २७ लाई तोकिएको छ ।

यो फिल्म हिन्दी र नेपाली भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माता पौडेल रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : ५७ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्