रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू « Khabarhub

रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

 आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।

आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् ।

आइतबार दिउँसो सिंहदरबार परिसर र सडकबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित सबै नेता-कार्यकर्ताहरू रिहा भएका हुन् ।

लिङ्देनका सचिवालय सदस्य छत्र कठायतले खबरहबसँग भने, ‘ आज पक्राउ पर्नुभएका सबै नेता-कार्यकर्ता विनाशर्त रिहा हुनुभएको छ ।’

प्रहरीले सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो । पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए । उनीहरू सबैजना रिहा भएका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १५ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक