थाइल्यान्डका नेपाली साहित्य प्रेमीमाझ युवराज नयाँघरे « Khabarhub

थाइल्यान्डका नेपाली साहित्य प्रेमीमाझ युवराज नयाँघरे


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बैंकक- निबन्ध तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीरूले बैंककमा साहित्यका विविध विधाबारे अन्तरसम्वाद गरेका छन् ।

‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ–आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन् ।

साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताएका छन् ।

‘म्यान्माली नेपाली साहित्यकारले थाइल्यान्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनू, राम्रो गर्दै जानू, यहीँ छ मेरो शुभकामना छ’, उनले भने ।

साहित्यिक भेटघाट प्रेरणादायी, भावनात्मक र स्मरणीय वातावरणमा सम्पन्न भएको थाई नेपाली ‘आदर्श’ पुस्तकालयका अभियन्ता राज पौड्यालले बताएका छन् ।

‘हामी अत्यन्तै खुशी छौँ। मदन पुरस्कार विजेता, वरिष्ठ साहित्यकार युवराज नयाँघरे हाम्रो कार्यक्रमको प्रमुख आकर्षण बन्नुभयो। उहाँको आत्मीयता, गहिरो चिन्तनशीलता र सरल व्यक्तित्वले उपस्थित सबैको मन जित्यो,’ भने।

कार्यक्रममा नयाँघरेको पछिल्लो कृति ‘तनक्खा’लाई केन्द्रमा राखेर चर्चा समेत गरिएको थियो ।

तनक्खा दक्षिणपूर्वी एसियाली मुलुक म्यान्माका विभिन्न गन्तव्यहरूमा आधारित एक उत्कृष्ट नियात्रा संग्रह हो। कृतिमा म्यान्माली नेपाली समाजको जीवन, सभ्यता,संस्कृति, धर्म, सार्वजनिक सरोकार र ऐतिहासिक पृष्ठभूमिको सूक्ष्म र गहिरो चित्रण गरिएको छ।

म्यान्माका नेपालीभाषीहरूले ‘तनक्खा’सँग जोडिएका आफ्ना अनुभवहरू साक्षात् लेखकसँग बाँड्ने मौका पाएकोमा खुशी व्यक्त गरिएको छ।

म्यान्मालीहरूको भाषिक, सांस्कृतिक र सामाजिक अवस्थाबारे प्रस्तुत गरेका विवरणहरूले कार्यक्रममा थप गहिराइ र भावुकता थपेको थाइल्यान्डमा रहेका पत्रकार लोकेन्द्र ओलीले बताएका छन् ।

‘बैंककको साहित्यिक साँझले प्रवासमा रहेर पनि नेपाली साहित्यको चेतना, भावना र अभिव्यक्तिलाई जीवन्त राख्न सकिन्छ भन्ने आभाष गरायो,’ उनले भने।

साहित्यिक समारोहमा अशोक घिमिरे, दीपा राना, रीत निरौला गुरागाईं, लोकेन्द्र ओली, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत, भारती अधिकारी, तिलक पोखरेल, बीना ढकाल, करुणा भुजेललगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : १४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर