इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर « Khabarhub

इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

दोहा – बेलायत, फ्रान्स र क्यानडाका नेताले गाजमा जारी आक्रमणलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। इजरायलले अटेर गरेमा प्रतिबन्ध लगाउनु पर्ने समेत ती देशका नेताले बताएका छन्।

शनिबार कतारको दोहामा हमास र इजरायली प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ। यस बिचमा पनि इजरायलले हवाई छाडेर जमिन आक्रमणलाई निरन्तरता दिएको छ। साथमा राहत वितरणमा पनि अझै अवरोध सिर्जना गरेको छ।

उता यो अपरेसन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने मध्यपूर्वको भ्रमण सकाएर फर्किएका छन्। इजरायली सेनाले ‘गाइडिन चारिओटस’को नाममा भएको सो अपरेसनको लक्ष्य हमासलाई निर्मूल नै पार्ने भएको जनाएको छ। हमासले सबै बन्दी रिहा नगरेसम्म यो आक्रमण जारी राख्ने हमासले जनाएको छ।

मे ५ का दिन इजरायलको सुरक्षा परिषद्ले यो अपरेसनको निर्णयलाई स्वीकार गरेको थियो। सोमबार भने नेतान्याहुले सो योजनाको लक्ष्य गाजाका बाँकी रहेका क्षेत्रलाई नियन्त्रणमा लिने बताएका छन्। बिहीबार सुरु भएको सो अपरेसनका कारण चार सय जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ०१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२