इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर | Khabarhub Khabarhub

इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

दोहा – बेलायत, फ्रान्स र क्यानडाका नेताले गाजमा जारी आक्रमणलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। इजरायलले अटेर गरेमा प्रतिबन्ध लगाउनु पर्ने समेत ती देशका नेताले बताएका छन्।

शनिबार कतारको दोहामा हमास र इजरायली प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ। यस बिचमा पनि इजरायलले हवाई छाडेर जमिन आक्रमणलाई निरन्तरता दिएको छ। साथमा राहत वितरणमा पनि अझै अवरोध सिर्जना गरेको छ।

उता यो अपरेसन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने मध्यपूर्वको भ्रमण सकाएर फर्किएका छन्। इजरायली सेनाले ‘गाइडिन चारिओटस’को नाममा भएको सो अपरेसनको लक्ष्य हमासलाई निर्मूल नै पार्ने भएको जनाएको छ। हमासले सबै बन्दी रिहा नगरेसम्म यो आक्रमण जारी राख्ने हमासले जनाएको छ।

मे ५ का दिन इजरायलको सुरक्षा परिषद्ले यो अपरेसनको निर्णयलाई स्वीकार गरेको थियो। सोमबार भने नेतान्याहुले सो योजनाको लक्ष्य गाजाका बाँकी रहेका क्षेत्रलाई नियन्त्रणमा लिने बताएका छन्। बिहीबार सुरु भएको सो अपरेसनका कारण चार सय जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ०१ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा