‘पृतनापति ट्रफी– २०८२’ सम्पन्न « Khabarhub

‘पृतनापति ट्रफी– २०८२’ सम्पन्न


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कर्णाली– यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी– २०८२’ प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न ‘पृतनापति ट्रफी’अन्तर्गत विभिन्न विधामा खेलकुद भएका हुन् ।

सोमबार सम्पन्न भलिबल फाइनल खेलमा कालीबहादुर गण प्रथम भएको छ । पहिलो सेट देवीदत्त गणले जितेको थियो । त्यसपछिका खेलमा कालीबहादुर गणले सोझो तीन सेट जितेर प्रथम भएको हो । प्रतियोगितामा देवीदत्त गण उपविजेता बनेको छ ।

उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनुपजङ्ग थापाले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ स्वस्थ खेलाडी उत्पादन गर्दै शारीरिक क्षमता अभिवृद्ध गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स विधामा खेल सञ्चालन गरिएको उत्तरपश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिए ।

प्रतियोगितामा उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जङ्ग थापासहित चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, कर्णाली प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक, श्री नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, श्री उत्तर पश्चिमपृतनाका सहचिफ अफ स्टाफलगायतको उपस्थिति थियो ।

‘पृतनापति ट्रफी’ को समग्र खेल विधामा भएका प्रतियोगितामा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स् भएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल, व्यवस्थापकलगायत करिब तीन सयको सहभागिता रहेको रजौरले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ३६ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु